Market Closed

नयाँबानेश्वरका ३ घर सिल

24 May,2020
  • corona_2_5_24_2020_8_23_25.jpg

 
काठमाडौं : कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ । प्रहरीको निवास नयाँ बानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका ३ घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको १ हप्तापछि मात्र स्वाब संकलन गरिने भएको छ । ट्रृेसिङ गर्न, स्वाब संकलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौं लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपर्ने देखिएको छ । 
 
संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा ७ दिनपछि मात्र लक्षण देखिने भएकाले उक्त समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।
 
 
रासस

Post Your Comment