Market Closed

कोरोना महामारीबाट विश्वभर २२ लाख ४७ हजार निको भएर घर फर्किए

24 May,2020
  • corona_1a_5_24_2020_10_12_14.jpg
नेपाली पैसा  
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ लाख ५ हजार ९६ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४३ हजार ९८२ पुगेको छ । हालसम्म २२ लाख ४७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना भाइरसबाट ९८ हजार ६८३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १६ लाख ६६ हजार ८२८ पुगेको छ । अमेरिकामा ४ लाख ४६ हजार ९१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

बेलायतमा हालसम्म ३६ हजार ६७५ जनाको मृत्यु भएको छ भने २ लाख ५७ हजार १५४ जना संक्रमित रहेका छन् । यता, रुसमा पनि पछिल्लो समय संक्रमितको संख्या दिनप्रतिदिन बढेको छ । रुसमा ३ लाख ३८ हजार ८८२ संक्रमित हुँदा ३ हजार ३८८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८२ हजार ३७० पुगेको छ भने २८ हजार ६७८ जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या २ लाख २९ हजार ३२७ पुग्दा ३२ हजार ७३५ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८२ हजार ४६९ हुँदा २८ हजार ३३२ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ४९ हजार ११३ जना संक्रमित हुँदा २२ हजार १६५ जनाको मृत्यु भएको छ । पछिल्लो समय ब्राजिलमा संक्रमित र मृत्यु हुनेको दर उच्च रुपमा बढेको छ ।
 
त्यस्तै, जर्मनीमा १ लाख ७९ हजार ९८६ जना संक्रमित हुँदा ८ हजार ३६६ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ५५ हजार ६८६ संक्रमित हुँदा ४ हजार ३०८ को ज्यान गएको छ । इरानमा १ लाख ३३ हजार ५२१ जना संक्रमित हुँदा ७ हजार ३५९ जनाको ज्यान गएको छ । भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ३१ हजार ८६८ संक्रमित हुँदा ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।  
 
पेरुमा १ लाख १५ हजार ७५४ जना संक्रमित हुँदा ३ हजार ३७३ जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २ दिनमा ३ जना मात्र नयाँ संक्रमित थपिएका छन् । शनिबार चीनमा नयाँ संक्रमति भेटिएका थिएनन् । त्यहाँ हालसम्म ८२ हजार ९७४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । पाकिस्तनमा ५२ हजार ४३७ संक्रमित हुँदा १ हजार १०१ जनाको ज्यान गएको छ ।

बंगलादेशमा ३२ हजार ७८ संक्रमित हुँदा ४५२ को मृत्यु भएको छ । जापानमा १६ हजार ५३६ जना संक्रमित हुँदा ८०८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ५४८ जना संक्रमति फेला पर्दा ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३ जनाको भने मृत्यु भएको छ ।    
   
 

Post Your Comment