काठमाडौं : भारतमा कोरोना भाइरसबाट २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार यो सहित भारतमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३८ हजार ८४५ जना पुगेको छ । त्यसैगरी, भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भइसकेको छ।
रासस–एएनआई