नेपाली पैसा
काठमाडौं : नेपालमा सोमबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै सोमबार मात्रै ७८ जना नयाँ संक्रमित फेला परेका छन् । आज बिहान मात्रै ७२ जना संक्रमित थपिएका थिए । यससँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका डा. विकास देवकोटाका अनुसार बर्दियामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि छ । यस्तै, अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै, बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।