Market Closed

नेपालमा एकै दिन १५६ मा कोरोना पुष्टि, कुल संख्या १,०४२, मृतक ५ जना पुग्यो

28 May,2020
  • corona_3ss_5_28_2020_2_44_39.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा बिहीबार एकै दिन थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १ हजार ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार मात्रै १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

देवकोटाको अनुसार धनुषाका २९, झापाका २५, रौतहटका २०, महोत्तरीका १७ र सप्तरीका १४ जना रहेका छन् । त्यस्तै, सुर्खेतका १३, दैलेखका ८, सर्लाहीका ७, सिरहाका ६ जना, स्याङ्जाका ३ जना र दोलखा, कैलाली र बर्दियाका २–२ जना संक्रमित थप भएका छन् । बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका १–१जना रहेका छन् । 
 


देवकोटाका अनुसार कोरोना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको कारण ५ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म १८७ जना निको भएर घर फर्किएका छन् । 
 

Post Your Comment