Market Closed

कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या ६० लाख कट्यो

30 May,2020
  • corona_3s_5_30_2020_10_25_24.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ३३ हजार ७५४ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख २७ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ६६ हजार ८९० पुगेको छ । हालसम्म २६ लाख ६१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ४ हजार ५४२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ९३ हजार ५३० पुगेको छ । अमेरिकामा ५ लाख १९ हजार भन्दा धेरै उपचारपछि डिस्चार्ज भएका छन् ।
 
यता, अमेरिकापछि धेरै संक्रमित रहेको ब्राजिलमा ४ लाख ६८ हजार ३६८ जना प्रभावित हुँदा २७ हजार ९४४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्रै ब्राजिलमा ३० हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने १ हजार भन्दा धेरैको मृत्यु भएको छ । यस्तै, रुसमा हालसम्म ३ लाख ८७ हजार ६२३ संक्रमित हुँदा ४ हजार ३७४ जनाको मृत्यु भएको छ । 
 
बेलायतमा हालसम्म ३८ हजार १६१ जनाको मृत्यु भएको छ भने २ लाख ७१ हजार २२२ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ८५ हजार ६४४ पुगेको छ भने २७ हजार १२१ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३२ हजार २४८ पुग्दा ३३ हजार २२९ जनाको मृत्यु भएको छ । 
 
फ्रान्समा संक्रमित १ लाख ८६ हजार ८३५ हुँदा २८ हजार ७१४ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ८३ हजार १९ जना संक्रमित हुँदा ८ हजार ५९४ जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ७३ हजार ७६३ संक्रमित हुँदा ४ हजार ९८० जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा मात्रै भारतमा ८ हजार भन्दा धेरै संक्रमित थप भएका छन् । 
 
टर्कीमा १ लाख ६२ हजार १२० संक्रमित हुँदा ४ हजार ४८९ को ज्यान गएको छ । इरानमा १ लाख ४६ हजार ६६८ जना संक्रमित हुँदा ७ हजार ६७७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा ४ जना संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८२ हजार ९९९ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 

पाकिस्तनमा ६६ हजार ४७५ संक्रमित हुँदा १ हजार ३९५ जनाको ज्यान गएको छ । बंगलादेशमा ४२ हजार ८४४ संक्रमित हुँदा ५८२ को मृत्यु भएको छ । जापानमा १६ हजार ७१९ जना संक्रमित हुँदा ८७४ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ हजार २१२ जना संक्रमति फेला पर्दा २०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ६ जनाको भने मृत्यु भएको छ ।    
 
 

Post Your Comment