काठमाडौं : नेपालमा शनिबार मात्रै १८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ कार्यक्रममा यस्तो जानकारी दिएको हो । जसमा कपिलवस्तुका १०९, सर्लाहीका १७, दैलेखका १४, सिरहाका ११ सप्तरीका ९ र धनुषाका ७ जना संक्रमित रहेका छन् ।
यस्तै, रौतहटका ६, दाङका ५, महोत्तरीका ४ पर्साका २, संखुवासभाका २, झापाका १, ललितपुरका १ र बाराका १ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,४०१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म २१९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ६ जनाको ज्यान गएको छ । अहिलेसम्म ५३ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिसकेको छ ।