Market Closed

कोरोना भाइरस संक्रमित संख्या ६२ लाख ६३ हजार कटे, क्रमशः निको पनि हुँदै

01 Jun,2020
  • corona_virus_in_tes_6_1_2020_10_13_27.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ लाख ६३ हजार ९०५ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ७३ हजार ८९९ पुगेको छ । हालसम्म २८ लाख ४६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ६ हजार १९५ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १८ लाख ३७ हजार १७० पुगेको छ । अमेरिकामा ६ लाख जना उपचारपछि डिस्चार्ज भएका छन् ।
 
ब्राजिलमा ५ लाख १४ हजार ९१२ जना संक्रमित हुँदा २९ हजार ३४१ जनाको मृत्यु भएको छ । रुसमा हालसम्म ४ लाख ५ हजार ८४३ संक्रमित हुँदा ४ हजार ६९३ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३८ हजार ४८९ जनाको मृत्यु भएको छ भने २ लाख ७४ हजार ७६२ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको छ । 
 
स्पेनमा संक्रमितको संख्या २ लाख ८६ हजार ५०९ पुगेको छ भने २७ हजार १२७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३२ हजार ९९७ पुग्दा ३३ हजार ४१५ जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ९० हजार ६०९ संक्रमित हुँदा ५ हजार ४०८ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा मात्रै भारतमा ८ हजार भन्दा धेरै संक्रमित थप भएका छन् । 
 
फ्रान्समा संक्रमित १ लाख ८८ हजार ८८२ हुँदा २८ हजार ८०२ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ८३ हजार ४९४ जना संक्रमित हुँदा ८ हजार ६०५ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ६४ हजार ४७६ जना संक्रमित हुँदा ४ हजार ५०६ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ६३ हजार ९४२ संक्रमित हुँदा ४ हजार ५४० को ज्यान गएको छ । इरान कोरोना भाइरसबाट प्रभावित भएको १२ नम्बरमा पर्छ । यँहा हालसम्म १ लाख ५१ हजार ४६६ जना संक्रमित हुँदा ७ हजार ७९७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा १६ जना संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार १७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 

पाकिस्तनमा ६९ हजार ४९६ संक्रमित हुँदा १ हजार ४८३ जनाको ज्यान गएको छ । बंगलादेशमा ४७ हजार १५३ संक्रमित हुँदा ६५० को मृत्यु भएको छ । जापानमा १६ हजार ८५१ जना संक्रमित हुँदा ८९१ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ हजार ५७२ जना संक्रमति फेला पर्दा २२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment