Market Closed

यस्तो आयो कोरोना भाइरसको पछिल्लो अपडेट

02 Jun,2020
  • corona_6_6_2_2020_10_18_55.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६३ लाख ६६ हजार ९०५ पुगेको छ । पछिल्लो एक दिनमै १ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ७७ हजार ४३७ पुगेको छ । हालसम्म २९ लाख ३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ६ हजार ९०५ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १८ लाख ५९ हजार ३२३ पुगेको छ । अमेरिकामा ६ लाख १५ हजार ३१६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
 
ब्राजिलमा ५ लाख २९ हजार ४०५ जना संक्रमित हुँदा ३० हजार ४६ जनाको मृत्यु भएको छ । रुसमा हालसम्म ४ लाख १४ हजार ८७८ संक्रमित हुँदा ४ हजार ८५५ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३९ हजार ४५ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार ३३२ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८६ हजार ७१८ पुगेको छ भने २७ हजार १२७ जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या २ लाख ३३ हजार १९७ पुग्दा ३३ हजार ४७५ जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ९८ हजार २७० संक्रमित हुँदा ५ हजार ६०८ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा मात्रै भारतमा ८ हजार भन्दा धेरै संक्रमित थप भएका छन् । भारत कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको ७ नम्बरमा रहेको छ । 
 
फ्रान्समा संक्रमित १ लाख ८९ हजार २२० हुँदा २८ हजार ८३३ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ८३ हजार ७६५ जना संक्रमित हुँदा ८ हजार ६१८ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ७० हजार ३९ जना संक्रमित हुँदा ४ हजार ६३४ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६४ हजार ७६९ संक्रमित हुँदा ४ हजार ५६३ को ज्यान गएको चीनमा पछिल्लो १ दिनमा ४ जना संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार २२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

पाकिस्तनमा ७२ हजार ४६० संक्रमित हुँदा १ हजार ५४३ जनाको ज्यान गएको छ । बंगलादेशमा ४९ हजार ४३५ संक्रमित हुँदा ६७२ को मृत्यु भएको छ । जापानमा १६ हजार ८८४ जना संक्रमित हुँदा ८९२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ हजार ८११ जना संक्रमति फेला पर्दा २२१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment