नेपाली पैसा
काठमाडौ : मंगलबार काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार त्यहाँका २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।