Market Closed

अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ७४३ जनाको मृत्यु

02 Jun,2020
  • usa_img_6_2_2020_3_28_07.jpg
 
 
वासिङटन : अमेरिकामा सोमबार एकै दिन कोरोना भाइरस संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र १ लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।

अमेरिकामा विभिन्न राज्यले यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् । तर अमेरिकाको राजधानी वासिङटन डिसी समेतका धेरैजसो प्रमुख सहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा थप बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
 
रासस–एएफपी

Post Your Comment