Market Closed

कोरोना भाइरस संक्रमणबाट ३० लाखभन्दा बढीले मुक्ति पाए

03 Jun,2020
  • corona_1a_6_3_2020_12_08_22.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ४७ हजार ९०१ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ८२ हजार ४१२ पुगेको छ । हालसम्म ३० लाख २३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १८ लाख ८१ हजार २०५ पुगेको छ । अमेरिकामा ६ लाख ४५ हजार ९७४ जना डिस्चार्ज भएका छन् ।
 
यता, अमेरिकापछि धेरै ब्राजिलमा ५ लाख ५८ हजार २३७ जना संक्रमित हुँदा ३१ हजार ३०९ जनाको मृत्यु भएको छ । रुसमा हालसम्म ४ लाख २३ हजार ७४१ संक्रमित हुँदा ५ हजार ३७ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३९ हजार ३६९ जनाको मृत्यु भएको छ भने २ लाख ७७ हजार ९८५ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको हो । 
 
स्पेनमा संक्रमितको संख्या २ लाख ८७ हजार १२ पुगेको छ भने २७ हजार १२७ जनाको मृत्यु भएको छ । पछिलो २४ घण्टामा स्पेनमा कसैको पनि मृत्यु भएको छैन । इटालीमा संक्रमितको संख्या २ लाख ३३ हजार ५१५ पुग्दा ३३ हजार ५३० जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म २ लाख ७  हजार १९१ संक्रमित हुँदा ५ हजार ८२९ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा मात्रै भारतमा ९ हजार भन्दा धेरै संक्रमित थप भएका छन् । 
 
जर्मनीमा १ लाख ८४ हजार ९१ जना संक्रमित हुँदा ८ हजार ६७४ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ७४ हजार ८८४ जना संक्रमित हुँदा ४ हजार ७६७ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६५ हजार ५५५ संक्रमित हुँदा ४ हजार ५८५ को ज्यान गएको छ । इरानमा १ लाख ५७ हजार ५६२ जना संक्रमित हुँदा ७ हजार ९४२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ५१ हजार ३२५ हुँदा २८ हजार ९४० जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो १ दिनमा नयाँ संक्रमित थपिएका छैनन् । त्यहाँ हालसम्म ८३ हजार २२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । पाकिस्तनमा ७६ हजार ३९८ संक्रमित हुँदा १ हजार ६२१ जनाको ज्यान गएको छ । बंगलादेशमा ५२ हजार ४४५ संक्रमित हुँदा ७०९ को मृत्यु भएको छ । जापानमा १६ हजार ९३० जना संक्रमित हुँदा ८९४ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २ हजार ९९ जना संक्रमति फेला पर्दा २६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment