Market Closed

गण्डकी प्रदेशमा एकैदिन १६ जना नयाँ कोरोना संक्रमित थपिए

04 Jun,2020
  • gandaki-prades-jpg_6_4_2020_11_43_29.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी प्रदेशमा एकैदिन १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको परिक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भएको हो । बाग्लुङमा १० जना, पर्वतमा ४ जना, स्याङजामा १ जना र म्याग्दीमा १ जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ जना पुगेको छ । निको भएर घर जानेको संख्या भने ३ जना रहेका छन् ।

नयाँ संक्रमितहरुमा बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला रहेका छन् । बाग्लुङकै बडिगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष छन् भने बाग्लुङकै गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुष पनि रहेका छन् ।
 
यस्तै, पर्वतको फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका वर्ष २१ का दुई जना पुरुष, बिहादी गाउँपालिका घर भई कुश्माकै क्वारेनटाइनमा बसेका बर्ष २४ र २८ का २ जना गरी पर्वतमा ४ जना नयाँ संक्रमित पुष्टि भएका हुन् । 
 

Post Your Comment