नेपाली पैसा
काठमाडौं : कर्णाली प्रदेशमा बिहीबार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जनामा कोरोना देखिएको हो ।
यसैगरी, साडुका २ जना र बाँसकोटमा १ जना गरी कुल १ सय ५ जना तथा मुगुको खत्याडका १ पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको हो ।