Market Closed

जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

05 Jun,2020
  • quarantien2_6_5_2020_2_28_38.jpg
नेपाली पैसा
 
काठमाडौं : जुम्लामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो । दमका रोगी समेत रहेका उनी एक सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

मृत्युपछि कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टाइन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको छ । 

Post Your Comment