Market Closed

२४ घन्टा पनि टिकेन बिमा समितिको निर्णय, कोरोना बिमा पुनः सुरु गर्न निर्देशन

05 Jun,2020
  • bima-samiti_6_5_2020_2_59_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : कोरोना बिमा स्थगित गर्ने बिमा समितिको निर्देशन २४ घन्टा पनि नबित्दै फेरि परिवर्तन भएको छ । अब फेरि कोरोना बिमा कार्यक्रमलाई निरन्तरता दिन बिमा समितिले शुक्रबार निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघि बिहीबार मात्रै समितिले कोरोना बिमा स्थगित गर्न निर्देशन दिएको थियो ।

यस्तो बिमा २०७७ चैत मसान्तसम्म कायम रहनेछ । २०७७ वैशाख ७ गतेबाट कोरोना बिमा कार्यक्रम लागू भएको थियो । बिहीबार बिमा समितिले बिमा कम्पनीहरुको दायित्वभन्दा बढी बिमा गर्नुपर्ने अवस्था आएको भन्दै रोक्न निर्देशन दिएको थियो । 


Post Your Comment