Market Closed

गण्डकी प्रदेशमा कोरोना संंक्रमित ११५ जना पुगे

08 Jun,2020
  • gandaki-prades-jpg_6_8_2020_1_00_25.jpg
 
 
पोखरा : गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुने ११५ जना पुगेका छन् । सोमबार बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टाइनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । 
 
 पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो । गण्डकीका ९ जिल्लामा गरी कोभिड–१९ संक्रमित ११५ पुगेका छन् । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् ।
 
रासस
 

Post Your Comment