Market Closed

नेपालमा कोरोना संक्रमित ५ हजार नाघे, १६ जनाको गयो ज्यान

12 Jun,2020
  • corna_4_6_12_2020_4_51_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा शुक्रबार (२४ घन्टा अवधिमा) ४ सय ४८ जनामाा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।



यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ । यस्तै, हालसम्म ८ सय ७७ जना निको भएर घर फर्किएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

Post Your Comment