Market Closed

कोरोना भाइरस संक्रमण दर कहाँ कति ?

14 Jun,2020
  • coronavirus-agencies_6_14_2020_10_31_31.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ३१ हजार ३३३ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ३२ हजार २०४ पुगेको छ । हालसम्म ४० लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १७ हजार ५२७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २१ लाख ४२ हजार २२४ पुगेको छ । अमेरिकामा ८ लाख ५४ हजार १०६ जना उपचार गरेर डिस्चार्ज भएका छन् ।
 
यस्तै, पछिल्लो समय कोरोना संक्रमण उच्च दरमा बढेको ब्राजिलमा हालसम्म ८ लाख ५० हजार ७९६ जना संक्रमित हुँदा ४२ हजार ७९१ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख २० हजार १२९ संक्रमित हुँदा ६ हजार ८२९ जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढ्ने क्रम जारी छ । त्यहाँ पछिल्लो २४ घण्टामा १२ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ३ लाख २१ हजार ६२६ संक्रमित हुँदा ९ हजार १९९ जनाको मृत्यु भएको छ । 
 
बेलायतमा हालसम्म ४१ हजार ६६२ जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ३७५ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ९० हजार ६८५ पुगेको छ भने २७ हजार १३६ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३६ हजार ६५१ पुग्दा ३४ हजार ३०१ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख २० हजार ७४९ जना संक्रमित हुँदा ६ हजार ३०८ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८७ हजार ४२३ जना संक्रमित हुँदा ८ हजार ८६७ जनाको मृत्यु भएको छ । इरानमा १ लाख ८४ हजार ९५५ जना संक्रमित हुँदा ८ हजार ७३० जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ७६ हजार ६७७ संक्रमित हुँदा ४ हजार ७९२ को ज्यान गएको छ । 

फ्रान्समा संक्रमित १ लाख ५६ हजार ८१३ हुँदा २९ हजार ३९८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा १ लाख ३२ हजार ४०५ संक्रमित हुँदा २ हजार ५५१ जनाको ज्यान गएको छ । यता बंगलादेशमा पनि संक्रमण दर उच्च रुपमा बढिरहेको छ । त्यहाँ चीनमा भन्दा धेरै संक्रमित भेटिएका छन् । बंगलादेशमा हालसम्म ८४ हजार ३७९ संक्रमित हुँदा १ हजार १३९ को मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार १३२ जना संक्रमित हुँदा मृतक संख्या ४ हजार ६३४ रहेको छ । जापानमा १७ हजार ३८२ जना संक्रमित हुँदा ९२४ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ५ हजार २२५ जना संक्रमति फेला पर्दा ९१३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ जनाको मृत्यु भएको छ ।    
 

Post Your Comment