Market Closed

कोरोना भाइरसको पछिल्लो अवस्था कहाँ कस्तो छ ?

20 Jun,2020
  • coronavirus-testing_6_20_2020_10_55_15.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८७ लाख ५८ हजार २७० पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ६२ हजार ५२५ पुगेको छ । हालसम्म ४६ लाख २५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २१ हजार ४०७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २२ लाख ९७ हजार १९० पुगेको छ । अमेरिकामा ९ लाख ५६ हजार ६१ जना उपचार गरेर डिस्चार्ज भएका छन् ।

ब्राजिलमा हालसम्म ९ लाख ३८ हजार ५६८ जना संक्रमित हुँदा ४९ हजार ९० जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ५० हजार संक्रमित थपिएका छन् । रुसमा ५ लाख ६९ हजार ६३ संक्रमित हुँदा ७ हजार ८४१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ लाख ९५ हजार ८१२ संक्रमित हुँदा १२ हजार ९७० जनाको मृत्यु भएको छ । 
 
बेलायतमा हालसम्म ४२ हजार ४६१ जनाको मृत्यु भएको छ भने ३ लाख १ हजार ८१५ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ९२ हजार ६५५ पुगेको छ भने २८ हजार ३१५ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ४७ हजार ९२५ जना संक्रमित हुँदा ७ हजार ६६० जनाको मृत्यु भएको छ । यता, इटालीमा संक्रमितको संख्या २ लाख ३८ हजार ११ पुग्दा ३४ हजार ५६१ जनाको मृत्यु भएको छ । 
 
चिलीमा २ लाख ३१ हजार ३९३ संक्रमित हुँदा ४ हजार ९३ जनको मृत्यु भएको छ । इरानमा २ लाख २६२ जना संक्रमित हँदा ९ हजार ३९२ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ९० हजार ६६० जना संक्रमित हुँदा ८ हजार ९६० जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ८५ हजार २४५ संक्रमित हुँदा ४ हजार ९०५ को ज्यान गएको छ ।

मेक्सिकोमा १ लाख ७० हजार ४८५ जना संक्रमित हुँदा २० हजार ३९४ को मृत्यु भएको छ । किस्तानमा १ लाख ६५ हजार ६२ संक्रमित हुँदा ३ हजार २२९ जनाको ज्यान गएको छ । फ्रान्समा संक्रमित १ लाख ५९ हजार ५४२ हुँदा २९ हजार ६१७ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ५ हजार ५३५ संक्रमित हुँदा १ हजार ३८८ को मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा २७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार २५२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा १७ हजार ७४० जना संक्रमित हुँदा ९३५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ८ हजार २७४ जना संक्रमति फेला पर्दा १ हजार ४०२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २२ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment