Market Closed

अमेरिकामा करिब २ करोडमा कोरोना संक्रमण फैलिएको अनुमान

26 Jun,2020
  • usa_america_6_26_2020_2_06_53.jpg
 
 
काठमाडौं : अमेरिकामा कोरोना संक्रमित तथ्यांक सार्वजनिक भए भन्दा निकै धेरै हुन सक्ने स्वास्थ्य अधिकारीहरुले अनुमान लगाएका छन् । उनीहरुका अनुसार त्यहाँ कम्तीमा २ करोड जनतामा कोरोना भाइरस संक्रमण भइसकेको अनुमान गरेका हुन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी) ले संक्रमितहरुको वास्तविक संख्या अहिले पुष्टि भएको भन्दा १० गुणा बढी हुन सक्ने उल्लेख गरेको छ ।

संक्रमित बढेको तथा अस्पताल भर्ना हुनेहरूको संख्या एकाएक वृद्धि भएपछि टेक्सस राज्यले लक डाउन पूर्णरुपमा खुला गर्ने योजना फेरि स्थगित गरेको छ । सीडीसीका निर्देशक डा.रोबर्ट रेडफिल्डका अनुसार १ जना कोरोना संक्रमित पुष्टि भएका ठाउँमा अरु कम्तिमा पनि १० जनामा फैलिएको हुन सक्ने सम्भावना छ । सीडीसीले अमेरिकामा कोरोना महामारीको चपेटमा अधिकांश युवाहरु पनि देखिएको बताएको छ । युवामा संक्रमण बढे पनि मृत्युदर भने कम रहेको सीडीसीको भनाई छ । 
 
बीबीसी
 

Post Your Comment