Market Closed

कोरोना भाइरस संक्रमणबाट ७० लाख ६४ हजार जना निको भए

09 Jul,2020
  • corona_s_7_9_2020_11_45_22.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २१ लाख ६६ हजार ६८८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ५२ हजार ४६ पुगेको छ । हालसम्म ७० लाख ६४ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ६१ हजार नयाँ संक्रमित थपएिका छन् । ब्राजिलमा हालसम्म १७ लाख १६ हजार १९६ जना संक्रमित हुँदा ६८ हजार ५५ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ७ लाख ६९ हजार ५२ संक्रमित हुँदा २१ हजार १४४ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ७९२ संक्रमित हुँदा १० हजार ६६७ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख १२ हजार ९११ जना संक्रमित हुँदा ११ हजार १३३ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ३ हजार ८३ संक्रमित हुँदा ६ हजार ५७३ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ९९ हजार ५९३ पुगेको छ भने २८ हजार ३९६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४४ हजार ५१७ जनाको मृत्यु भएको छ भने २ लाख ८६ हजार ९७९ जना संक्रमित रहेका छन् । मेक्सिकोमा २ लाख ७५ हजार ३ जना संक्रमित हुँदा ३२ हजार ७९६ को मृत्यु भएको छ । यता, इरानमा २ लाख ४८ हजार ३७९ जना संक्रमित हँदा १२ हजार ८४ जनाको मृत्यु भएको छ । 

इटालीमा संक्रमितको संख्या २ लाख ४२ हजार १४९ पुग्दा ३४ हजार ९१४ जनाको मृत्यु भएको छ । किस्तानमा २ लाख ३७ हजार ४८९ संक्रमित हुँदा ४ हजार ९२२ जनाको ज्यान गएको छ । साउथ अफ्रिकामा २ लाख २४ हजार ६६५ जना संक्रमित हुँदा ३ हजार ६०२ जना को मृत्यु भएको छ । साउदी अरबमा २ लाख २० हजार १४४ हजार संक्रमित हुँदा २ हजार ५९ जनाको मृत्यु भएको छ । 

टर्कीमा २ लाख ८ हजार ८३८ संक्रमित हुँदा ५ हजार २८२ को ज्यान गएको छ । जर्मनीमा १ लाख ९८ हजार ७६५ जना संक्रमित हुँदा ९ हजार ११५ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ७२ हजार १३४ संक्रमित हुँदा २ हजार १९७ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ६९ हजार ४७३ हुँदा २९ हजार ९६५ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ५८१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २० हजार १७४ जना संक्रमित हुँदा ९८० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १६ हजार ४२३ जना संक्रमति फेला पर्दा ७ हजार ७५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३५ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment