Market Closed

युनिलिभर नेपालको कस्तो छ कमाई ?

15 Jul,2020
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपाल चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । गत वर्ष कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा अन्य स्रोतहरुबाट हुने आम्दानी पनि १२ करोड ३० लाख रुपैयाँबाट घटेर ३ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ । अन्य स्रोतहरुबाट हुने आम्दानी घटेपछि कम्पनीको खुद नाफा घटेको हो ।

कम्पनीका समग्र उत्पादन तथा बिक्री पनि १ अर्ब ४१ करोड रुपैयाँबाट घटेर १ अर्ब  ७ करोड १३ लाख रुपैयाँमा झरेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोष (रिटेन्ड अर्निङ) मा १ अर्ब ९३ लाख रुपैयाँ जम्मा भएको छ । चैत मसान्तसम्म प्रतिसेयर आम्दानी ५ सय ९१ रुपैयाँ (वार्षिक) छ ।

प्रतिसेयर नेटवर्थ भने २ हजार १९७ रुपैयाँ रहेको छ । युनिलिभर सेयर बजारमा सबैभन्दा धेरै भाउ भएको कम्पनी हो । युनिलिभरले लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । उत्पादनमूलक क्षेत्रमा आकर्षण बढाउन समेत यस कम्पनीले योगदान पुर्याएको विश्वास गरिन्छ ।
 

Post Your Comment