Market Closed

कोरोना संक्रमितको यस्तो छ विश्वभरको पछिल्लो अवस्था

15 Jul,2020
  • coronavirus-agencies_7_15_2020_1_48_02.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ६५ हजार १८७ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ८१ हजार ४०५ पुगेको छ । हालसम्म ७८ लाख ५५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३९ हजार १४५ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३५ लाख ४५ हजार २५४ पुगेको छ । ब्राजिलमा हालसम्म १९ लाख ३१ हजार २०४ जना संक्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ९ लाख ३७ हजार ८४४ संक्रमित हुँदा २४ हजार ३२७ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ३९ हजार ९४७ संक्रमित हुँदा ११ हजार ६१४ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ३३ हजार ६६७ जना संक्रमित हुँदा १२ हजार २२९ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख १९ हजार ४९३ संक्रमित हुँदा ७ हजार ६९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख ११ हजार ४८६ जना संक्रमित हुँदा ३६ हजार ३२७ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ३ हजार ६९९ पुगेको छ भने २८ हजार ४०९ जनाको मृत्यु भएको छ । 
 
दक्षिण अफ्रिकामा २ लाख ९८ हजार २९२ जना संक्रमित हुँदा ४ हजार २४६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४४ हजार ९६८ जनाको मृत्यु भएको छ भने २ लाख ८९ हजार ६०३ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ६२ हजार १७२ जना संक्रमित हँदा १३ हजार २११ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५५ हजार ७६९ संक्रमित हुँदा ५ हजार २८६ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ३४४ पुग्दा ३४ हजार ९८४ जनाको मृत्यु भएको छ । 
 
साउदी अरबमा २ लाख ३७ हजार ८०३ हजार संक्रमित हुँदा २ हजार २८३ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख १४ हजार ९९३ संक्रमित हुँदा ५ हजार ४०२ को ज्यान गएको छ । जर्मनीमा २ लाख ७६६ जना संक्रमित हुँदा ९ हजार १४४ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ९० हजार ५७ संक्रमित हुँदा २ हजार ४२४ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७२ हजार ३७७ हुँदा ३० हजार २९ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६११ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २२ हजार २२० जना संक्रमित हुँदा ९८२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ६१ जना संक्रमति फेला पर्दा १० हजार ३२८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३८ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment