Market Closed

विश्वमा ८६ लाख १२ हजार कोरोना संक्रमणबाट मुक्त

19 Jul,2020
  • corona_6_7_19_2020_10_44_19.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४४ लाख २६ हजार १५० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ४ हजार ९१७ जना पुगेको छ । हालसम्म ८६ लाख १२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६३ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ३३ हजार ३७१ पुगेको छ । यहाँ हालसम्म १ लाख ४२ हजार ८७७ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २० लाख ७५ हजार २४६ जना संक्रमित हुँदा ७८ हजार ८१७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १० लाख ७७ हजार ४५७ संक्रमित हुँदा २६ हजार ८२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । रुसमा ७ लाख ६५ हजार ४३७ संक्रमित हुँदा १२ हजार २४७ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ३ लाख ५० हजार ८७९ जना संक्रमित हुँदा ४ हजार ९८४ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ४९ हजार ५०० जना संक्रमित हुँदा १२ हजार ९९८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ३८ हजार ९१३ जना संक्रमित हुँदा ३८ हजार ८८८ को मृत्यु भएको छ । चिलीमा ३ लाख २८ हजार ८४६ संक्रमित हुँदा ८ हजार ४४५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ७ हजार ३३५ पुगेको छ भने २८ हजार ४२० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार २७३ जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ६६ जना संक्रमित रहेका छन् । 

यता, इरानमा २ लाख ७१ हजार ६०६ जना संक्रमित हँदा १३ हजार ९७९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६१ हजार ९१६ संक्रमित हुँदा ५ हजार ५२२ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ४८ हजार ४१६ हजार संक्रमित हुँदा २ हजार ४४७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४४ हजार २१६ पुग्दा ३५ हजार ४२ जनाको मृत्यु भएको छ ।  
 
टर्कीमा २ लाख १८ हजार ७१७ संक्रमित हुँदा ५ हजार ४७५ को ज्यान गएको छ । जर्मनीमा २ लाख २ हजार ५७२ जना संक्रमित हुँदा ९ हजार १६२ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म २ लाख २ हजार ६६ संक्रमित हुँदा २ हजार ५८१ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७४ हजार ६७४ हुँदा ३० हजार १५२ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा १६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६६० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २४ हजार १३२ जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ५०२ जना संक्रमति फेला पर्दा ११ हजार ६२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४० जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment