Market Closed

कोरोना संक्रमणको अवस्था कहाँ कस्तो छ ?

23 Jul,2020
  • corona_newssa_7_23_2020_11_51_10.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ७५ हजार ४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ३० हजार २२२ पुगेको छ । हालसम्म ९३ लाख ४९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ७२ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख ८७५ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४६ हजार १८३ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा हालसम्म २२ लाख ३१ हजार ८७१ जना संक्रमित हुँदा ८२ हजार ८९० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १२ लाख ३९ हजार ६८४ संक्रमित हुँदा २९ हजार ८९० जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ८९ हजार १९० संक्रमित हुँदा १२ हजार ७४५ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ३ लाख ९४ हजार ९४८ जना संक्रमित हुँदा ५ हजार ९४० जनाको मृत्यु भएको छ ।

पेरुमा ३ लाख ६६ हजार ५५० जना संक्रमित हुँदा १७ हजार ४५५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख ६२ हजार २७४ जना संक्रमित हुँदा ४१ हजार १९० को मृत्यु भएको छ । चिलीमा ३ लाख ३६ हजार ४०२ संक्रमित हुँदा ८ हजार ७२२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १४ हजार ६३१ पुगेको छ भने २८ हजार ४२६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार ५०१ जनाको मृत्यु भएको छ भने २ लाख ९६ हजार ३७७ जना संक्रमित रहेका छन् । 

यता, इरानमा २ लाख ८१ हजार ४१३ जना संक्रमित हँदा १४ हजार ८५३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६७ हजार ४२८ संक्रमित हुँदा ५ हजार ६७७ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ५८ हजार १५६ हजार संक्रमित हुँदा २ हजार ६०१ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४५ हजार ३२ पुग्दा ३५ हजार ८२ जनाको मृत्यु भएको छ ।  

टर्कीमा २ लाख २२ हजार ४०२ संक्रमित हुँदा ५ हजार ५४५ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख १३ हजार २५४ संक्रमित हुँदा २ हजार ७५१ को मृत्यु भएको छ । जर्मनीमा २ लाख ४ हजार ४७० जना संक्रमित हुँदा ९ हजार १८२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७८ हजार ३३६ हुँदा ३० हजार १७२ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ७२९ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २६ हजार ३०३ जना संक्रमित हुँदा ९८९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १८ हजार ९४ जना संक्रमति फेला पर्दा १२ हजार ६८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४२ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment