Market Closed

कोरोना संक्रमित १ करोड ९२ लाख पुगे, अमेरिकामा मात्रै ५० लाख ३२ हजार

07 Aug,2020
  • corona_nisdf_8_7_2020_10_58_44.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९२ लाख ५७ हजार ७२३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८१ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख १७ हजार ६८७ पुगेको छ । हालसम्म १ करोड २३ लाख ५७ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ३२ हजार १७९ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ६२ हजार ८०४ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २९ लाख १७ हजार ५६२ जना संक्रमित हुँदा ९८ हजार ६४४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म २० लाख २५ हजार ४०९ संक्रमित हुँदा ४१ हजार ६३८ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ७१ हजार ८९४ संक्रमित हुँदा १४ हजार ६०६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ३८ हजार १८४ जना संक्रमित हुँदा ९ हजार ६०४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ४ लाख ६२ हजार ६९० जना संक्रमित हुँदा ५० हजार ५१७ को मृत्यु भएको छ । पेरुमा ४ लाख ५५ हजार ४०९ जना संक्रमित हुँदा २० हजार ४२४ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ६६ हजार ६७१ संक्रमित हुँदा ९ हजार ८८९ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ५४ हजार ५३० पुगेको छ भने २८ हजार ५०० जनाको मृत्यु भएको छ ।

यता, इरानमा ३ लाख २० हजार ११७ जना संक्रमित हँदा १७ हजार ९७६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार ४१३ जनाको मृत्यु भएको छ भने ३ लाख ८ हजार १३४ जना संक्रमित रहेका छन् । साउदी अरबमा २ लाख ८४ हजार २२६ हजार संक्रमित हुँदा ३ हजार ५५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ८१ हजार ८६३ संक्रमित हुँदा ६ हजार ३५ जनाको ज्यान गएको छ ।

बंगलादेशमा हालसम्म २ लाख ४९ हजार ६५१ संक्रमित हुँदा ३ हजार ३०६ को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४९ हजार २०४ पुग्दा ३५ हजार १८७ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख ३७ हजार २६५ संक्रमित हुँदा ५ हजार ७९८ को ज्यान गएको छ । जर्मनीमा २ लाख १५ हजार २१० जना संक्रमित हुँदा ९ हजार २५२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ९५ हजार ६३३ हुँदा ३० हजार ३१२ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ५६५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ४२ हजार २६३ जना संक्रमित हुँदा १ हजार २६ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २१ हजार ७५० जना संक्रमति फेला पर्दा १५ हजार ३८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ६५ जनाको भने मृत्यु भएको छ ।  
 
 
 

Post Your Comment