Market Closed

बर्दियामा आइतबारदेखि निषेधाज्ञा

07 Aug,2020
  • bardiya1_8_7_2020_4_39_04.jpg
नेपाली पैसा
 
काठमाडौं : जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार (साउन २५ गते) बाट निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्लासँग सिमाना जोडिएका भारत लगायत छिमेकी जिल्ला बाँके र कैलालीमा कोरोना संक्रमित संख्या बढ्दै जान थालेपछि सम्भावित जोखिमलाई ध्यान दिंदै आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्न पाइनेछैन । निषेधाज्ञा सम्बन्धी कार्यमा बाधा पु¥याउने व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने प्रशासनले बताएको छ । 
 

Post Your Comment