Market Closed

कक्षा ११ को परीक्षा तत्काल सञ्चालन नगर्न निर्देशन

07 Aug,2020
  • exam_board_8_7_2020_8_30_50.jpg
नेपाली पैसा
 
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । बोर्डले एक सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणका कारण सरकारले गएको चैत ११ गतेदेखि नै सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । कहिले खोल्ने भनेर अहिलेसम्म निर्णय गरेको छैन । 
 
तर केही विद्यालयले परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थी र अभिभावकमा त्रास बढेको भन्दै विद्यालय पुनः खोल्ने निर्णय नभएसम्म परीक्षा नलिन भनिएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ । 

 

Post Your Comment