Market Closed

विश्वभर कोरोना संक्रमणको यस्तो छ अवस्था

08 Aug,2020
  • coronavirus-ec_8_8_2020_10_10_17.jpeg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९५ लाख ४३ हजार ५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८५ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख २४ हजार ७५ पुगेको छ । हालसम्म १ करोड २५ लाख ४५ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ९५ हजार ५२४ पुगेको छ । यहाँ हालसम्म १ लाख ६४ हजार ९४ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म २९ लाख ६७ हजार ६४ जना संक्रमित हुँदा ९९ हजार ७०२ जनाको मृत्यु भएको छ । 

भारतमा हालसम्म २० लाख ८६ हजार ८६४ संक्रमित हुँदा ४२ हजार ५७८ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ७७ हजार १३५ संक्रमित हुँदा १४ हजार ७२५ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ५ लाख ४५ हजार ४७६ जना संक्रमित हुँदा ९ हजार ९०९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख ६९ हजार ६०७ जना संक्रमित हुँदा ५१ हजार ३११ को मृत्यु भएको छ । पेरुमा ४ लाख ६३ हजार ८७५ जना संक्रमित हुँदा २० हजार ६४९ जनाको मृत्यु भएको छ । 
 
चिलीमा ३ लाख ६८ हजार ८२५ संक्रमित हुँदा ९ हजार ९५८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ६१ हजार ४४२ पुगेको छ भने २८ हजार ५०३ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख २२ हजार ५६७ जना संक्रमित हँदा १८ हजार १३२ जनाको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४६ हजार ५११ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार ५ जना संक्रमित रहेका छन् । साउदी अरबमा २ लाख ८५ हजार ७९३ हजार संक्रमित हुँदा ३ हजार ९३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ८२ हजार ६४५ संक्रमित हुँदा ६ हजार ५२ जनाको ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ५२ हजार ५०२ संक्रमित हुँदा ३ हजार ३३३ को मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या २ लाख ४९ हजार ७५६ पुग्दा ३५ हजार १९० जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख ३८ हजार ४५० संक्रमित हुँदा ५ हजार ८१३ को ज्यान गएको छ । जर्मनीमा २ लाख १६ हजार ३१५ जना संक्रमित हुँदा ९ हजार २५४ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ९७ हजार ९२१ हुँदा ३० हजार ३२४ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ५९६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ४३ हजार ८१५ जना संक्रमित हुँदा १ हजार ३३ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २२ हजार २१४ जना संक्रमति फेला पर्दा १५ हजार ८१४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७० जनाको भने मृत्यु भएको छ ।  
 

Post Your Comment