Market Closed

अहिलेसम्म कोरोना लागेका कति निको भए ?

12 Aug,2020
  • corona_s_8_12_2020_1_48_01.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५ लाख २५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख ४५ हजार ९६० पुगेको छ । हालसम्म १ करोड ३४ लाख ४५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ लाख ५ हजार ९५७ पुगेको छ । यहाँ हालसम्म १ लाख ६७ हजार ७४९ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म ३१ लाख १२ हजार ३९३ जना संक्रमित हुँदा १ लाख ३ हजार ९९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म २३ लाख ३० हजार ३२७ संक्रमित हुँदा ४६ हजार १९७ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ९७ हजार ५९९ संक्रमित हुँदा १५ हजार १३१ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ५ लाख ६६ हजार १०९ जना संक्रमित हुँदा १० हजार ७५१ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ४ लाख ९२ हजार ५२२ जना संक्रमित हुँदा ५३ हजार ९२९ को मृत्यु भएको छ । पेरुमा ४ लाख ८९ हजार ६८० जना संक्रमित हुँदा २१ हजार ५०१ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ७३ हजार ६९२ पुगेको छ भने २८ हजार ५८१ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख ३१ हजार १८९ जना संक्रमित हँदा १८ हजार ८०० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार ६२८ जनाको मृत्यु भएको छ भने ३ लाख १२ हजार ७८९ जना संक्रमित रहेका छन् । 

साउदी अरबमा २ लाख ९१ हजार ६६८ हजार संक्रमित हुँदा ३ हजार २३३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ८५ हजार २८१ संक्रमित हुँदा ६ हजार १२९ जनाको ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ६३ हजार ५०३ संक्रमित हुँदा ३ हजार ४७१ को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५१ हजार २३७ पुग्दा ३५ हजार २१५ जनाको मृत्यु भएको छ ।  
 
चीनमा पछिल्लो २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ७३७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ४८ हजार ९२८ जना संक्रमित हुँदा १ हजार ५३ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २३ हजार ९४८ जना संक्रमति फेला पर्दा १६ हजार ६६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८३ जनाको भने मृत्यु भएको छ ।  
 

Post Your Comment