Market Closed

कोरोनाबाट थप ३ जनाको ज्यान गयो, ८१८ नयाँ संक्रमित थपिए

23 Aug,2020
  • coronavirus-agencies_8_23_2020_4_33_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा कोरोना भाइरसबाट आइतबार थप ३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १४९ जना पुगेको छ । यसअघि शनिबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १४६ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।



आइतबारमात्रै थप ८१८ जना कोरोनाका बिरामी थपिएका छन् । अहिलेसम्म कोरोनाबाट ३१ हजार ९३५ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १८ हजार ६३१ जना निको भएका छन् । काठमाडौं उपत्यकामा १६६ जना बिरामी थपिएका छन् । 
 

Post Your Comment