Market Closed

उपत्यकामा पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

24 Aug,2020
  • Kalimati-vegetable-market_8_24_2020_8_47_16.jpg
नेपाली पैसा
 
काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको हो । दिनभर सर्वसाधारण नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यस्तो निर्णय गरिएको हो ।

औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ । कोरोना भाइरस महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले उपत्यकामा गत बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
 

Post Your Comment