Market Closed

कोरोना भाइरसबाट थप १४ जनाको निधन, अरु १२ सय २१ जना संक्रमित थपिए

30 Aug,2020
  • coronavirus-agencies_8_29_2020_4_47_18_8_30_2020_4_37_38.jpg
नेपाली पैसा

काठमाडौं  : नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय २१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ४२९ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका छन् ।


यस्तै, पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल २२१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

Post Your Comment