Market Closed

१ करोड ७९ लाख कोरोना संक्रमित उपचार गरेर घर फर्किए

01 Sep,2020
  • corona_s_9_1_2020_12_09_05.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५६ लाख ३७ हजार ६३५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५० हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ५४ हजार ७७३ पुगेको छ । हालसम्म १ करोड ७९ लाख ४२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ लाख ११ हजार ७९६ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८७ हजार ७७६ हजार जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म ३९ लाख १० हजार ९०१ जना संक्रमित हुँदा १ लाख २१ हजार ५१५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३६ लाख ९१ हजार १६६ संक्रमित हुँदा ६५ हजार ४३५ जनाको मृत्यु भएको छ । रुसमा ९ लाख ९५ हजार ३१९ संक्रमित हुँदा १७ हजार १७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जना संक्रमित हुँदा २८ हजार ९४४ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख २७ हजार ४१ जना संक्रमित हुँदा १४ हजार १४९ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ६ लाख १५ हजार १६८ संक्रमित हुँदा १९ हजार ६६३ जनाको मृत्य भएको छ । मेक्सिकोमा ५ लाख ९९ हजार ५६० जना संक्रमित हुँदा ६४ हजार ४१४ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ४ लाख ६२ हजार ८५८ पुगेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४ लाख १७ हजार ७३५ संक्रमित हुँदा ८ हजार ६६० जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ११ हजार ७२६ जना संक्रमित हुँदा ११ हजार २८९ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ७५ हजार २१२ जना संक्रमित हँदा २१ हजार ५७१ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ५०१ जनाको मृत्यु भएको छ भने ३ लाख ३५ हजार ८७३ जना संक्रमित रहेका छन् । साउदी अरबमा ३ लाख १५ हजार ७७२ हजार संक्रमित हुँदा ३ हजार ८९७ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ३ लाख १२ हजार ९९६ संक्रमित हुँदा ४ हजार २८१ को मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९६ हजार १४९ संक्रमित हुँदा ६ हजार २९८ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ हालसम्म ८५ हजार ५८ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ६७ हजार ८६५ जना संक्रमित हुँदा १ हजार २७९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३९ हजार ४६० जना संक्रमति फेला पर्दा २१ हजार ४१० जना उपचारपछि निको भएर घर फर्किएका छन् । २२८ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
f

Post Your Comment