Market Closed

कोरोना संक्रमण यसरी फैलिएको छ विश्वभर

03 Sep,2020
  • corona_nisdf_9_3_2020_11_23_55.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६१ लाख ८२ हजार ६०६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ६७ हजार ३६० पुगेको छ । हालसम्म १ करोड ८४ लाख ४५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ लाख ९० हजार ७३७ पुगेको छ । यहाँ हालसम्म १ लाख ८९ हजार ९६४ हजार जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४० लाख १ हजार ४२२ जना संक्रमित हुँदा १ लाख २३ हजार ८९९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३८ लाख ५३ हजार ४०६ संक्रमित हुँदा ६७ हजार ४८६ जनाको मृत्यु भएको छ । 

रुसमा १० लाख ५ हजार संक्रमित हुँदा १७ हजार ४१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ६३ हजार ४३७ जना संक्रमित हुँदा २९ हजार २५९ जनाको मृत्यु भएको छ । कोलम्बियामा ६ लाख ३३ हजार ३३९ संक्रमित हुँदा २० हजार २४८ जनाको मृत्य भएको छ । साउथ अफ्रिकामा ६ लाख ३० हजार ५५९ जना संक्रमित हुँदा १४ हजार २८९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख १० हजार ९५७ जना संक्रमित हुँदा ६५ हजार ८१६ को मृत्यु भएको छ । 

स्पेनमा संक्रमितको संख्या ४ लाख ७९ हजार ५५४ पुगेको छ भने २९ हजार १९४ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४ लाख २९ हजार १७२ संक्रमित हुँदा ९ हजार ११८ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख १४ हजार ७३९ जना संक्रमित हुँदा ११ हजार ३४४ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ७८ हजार ७५२ जना संक्रमित हँदा २१ हजार ७९७ जनाको मृत्यु भएको छ । 
 
बेलायतमा हालसम्म ४१ हजार ५१४ जनाको मृत्यु भएको छ भने ३ लाख ३८ हजार ६७६ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख १७ हजार ५२८ संक्रमित हुँदा ४ हजार ३५१ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख १७ हजार ४८६ हजार संक्रमित हुँदा ३ हजार ९५६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९७ हजार १४ संक्रमित हुँदा ६ हजार ३२८ जनाको ज्यान गएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ७७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ६९ हजार १ जना संक्रमित हुँदा १ हजार ३०७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४१ हजार ६४९ जना संक्रमति फेला पर्दा २३ हजार २९० जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५१ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 

Post Your Comment