Market Closed

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख कट्यो

06 Sep,2020
  • corona_3s_9_6_2020_12_26_41.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७० लाख ६६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७० हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ८३ हजार ७४२ पुगेको छ । हालसम्म १ करोड ९१ लाख ६६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ३१ हजार १५२ पुगेको छ । यहाँ हालसम्म १ लाख ९२ हजार ८१८ हजार जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म ४१ लाख २३ हजार जना संक्रमित हुँदा १ लाख २६ हजार २३० जनाको मृत्यु भएको छ । यता, भारतमा हालसम्म ४१ लाख १३ हजार ८११ संक्रमित हुँदा ७० हजार ६७९ जनाको मृत्यु भएको छ । रुसमा १० लाख २० हजार ३१० संक्रमित हुँदा १७ हजार ७५९ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ८३ हजार ७०२ जना संक्रमित हुँदा २९ हजार ६८७ जनाको मृत्यु भएको छ । कोलम्बियामा ६ लाख ५८ हजार ४५६ संक्रमित हुँदा २१ हजार १५६ जनाको मृत्य भएको छ ।

साउथ अफ्रिकामा ६ लाख ३६ हजार ८८४ जना संक्रमित हुँदा १४ हजार ७७९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख २९ हजार ४०९ जना संक्रमित हुँदा ६७ हजार ६३६ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ५ लाख १७ हजार १३३ पुगेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४ लाख ७१ हजार ८०६ संक्रमित हुँदा ९ हजार ७३९ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख २० हजार ४३४ जना संक्रमित हुँदा ११ हजार ५५१ को मृत्यु भएको छ ।

यता, इरानमा ३ लाख ८४ हजार ६६६ जना संक्रमित हँदा २२ हजार १५४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ५४९ जनाको मृत्यु भएको छ भने ३ लाख ४४ हजार १६६ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख २३ हजार ५६५ संक्रमित हुँदा ४ हजार ४४७ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख १९ हजार ९३२ हजार संक्रमित हुँदा ४ हजार ४९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ३ लाख १७ हजार ७०६ संक्रमित हुँदा ३० हजार ७२४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९८ हजार २५ संक्रमित हुँदा ६ हजार ३४० जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार १२२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

जापानमा ७० हजार ८७६ जना संक्रमित हुँदा १ हजार ३४९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४५ हजार २७७ जना संक्रमति फेला पर्दा २७ हजार १२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २८० जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 

Post Your Comment