Market Closed

कोरोनाबाट ज्यान जानेको संख्या ३ सय पुग्यो, अरु ९ सय ७९ संक्रमित थपिए

07 Sep,2020
  • coronavirus-agencies_8_29_2020_4_47_18_8_30_2020_4_37_38_8_31_2020_4_54_32_9_1_2020_4_32_35_9_2_2020_4_40_34_9_7_2020_4_39_01.jpg
नेपाली पैसा

काठमाडौं  :  नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ७९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ३ सय २६ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ९३ जना, ललितपुरमा २० जना र भक्तपुरमा १३ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ । 


यस्तै, पछिल्लो २४ घण्टामा १७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ३०० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

Post Your Comment