Market Closed

कोरोना भाइरसका ९ सय २ नयाँ संक्रमित थपिए, अरु ६ जनाको ज्यान गयो

08 Sep,2020
  • corona_machine_8_22_2020_4_39_28_9_8_2020_4_24_58.jpg
नेपाली पैसा

काठमाडौं : नेपालमा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ । 


 
यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ३०६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

Post Your Comment