Market Closed

उपत्यकाको निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर लागू

09 Sep,2020
  • ktm_valley_9_9_2020_6_29_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : काठमाडौं्र उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तथापि, निषेधाज्ञा सबै क्षेत्रमा भने खुला गरिएको छैन । व्यापार व्यवसाय र यातायात क्षेत्र बिहीबारदेखि सञ्चालन हुन दिइने भएको छ । उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । यो बुधबाररातिबाट सकिंदैछ । सार्वजनिक र निजी यातायातमा जोरबिजोर प्रणाली लागू गरिनेछ । व्यापाररव्यवसायलाई भने शर्तसहित खोल्न दिइने भएको हो ।

अन्य क्षेत्रका हकमा भने भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। तर अँन्य क्षेत्र के–के हुन् भनेर विस्तृतमा खुलाइएको छैन । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्यका बाहिरबाट सार्वजनिक सवारी साधन आउन लगाइएको रोक यथावत् छ । 





 

Post Your Comment