Market Closed

कोरोना भाइरसका १२ सय ४६ नयाँ संक्रमित थपिए, अरु ४ जनाको निधन

17 Sep,2020
  • corona_nes_9_17_2020_12_42_07_9_17_2020_5_06_51.jpg
नेपाली पैसा

काठमाडौं  : नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ ।


यस्तै, पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ३८३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Post Your Comment