काठमाडौं : नेपालमा कोरोना भाइरसबाट थप २ हजार २० जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कुल संक्रमित संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।
अहिलेसम्म ४३ हजार ८ सय २० जना उपचारपछि निको भएका छन् । २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ रहेको छ । अहिलेसम्म ३ सय ९० जनाको ज्यान गइसकेको छ ।
