Market Closed

कोरोना भाइरसबाट थप १६ जनाको निधन, ११ सय ५४ नयाँ संक्रमित थपिए

21 Sep,2020
  • 1_9_21_2020_4_24_28.jpeg
नेपाली पैसा

काठमाडौं  : नेपालमा सोमबार थप ११ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ सय ५४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ । 


यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ४२७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Post Your Comment