Market Closed

२ करोड ३१ लाख जना कोरोना संक्रमण जितेर घर फर्किए

22 Sep,2020
  • corona_s_9_22_2020_12_21_38.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड १४ लाख ८५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ६९ हजार २९८ पुगेको छ । हालसम्म २ करोड ३१ लाख १३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख ४६ हजार २१६ पुगेको छ । यहाँ हालसम्म २ लाख ४ हजार ५०६ हजार जनाको मृत्यु भएको छ । 

भारतमा हालसम्म ५५ लाख ६२ हजार ६६३ संक्रमित हुँदा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४५ लाख ६० हजार ४३ जना संक्रमित हुँदा १ लाख ३७ हजार ३५० जनाको मृत्यु भएको छ । रुसमा ११ लाख ९ हजार ५९५ संक्रमित हुँदा १९ हजार ४८९ जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख ७२ हजार ८९६ जना संक्रमित हुँदा ३१ हजार ४७४ जनाको मृत्यु भएको छ । 
 
कोलम्बियामा ७ लाख ७० हजार ४३५ संक्रमित हुँदा २४ हजार २९७ जनाको मृत्य भएको छ । मेक्सिकोमा ७ लाख ५८० जना संक्रमित हुँदा ७३ हजार ६९७ को मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ६१ हजार ९३६ जना संक्रमित हुँदा १५ हजार ९९२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ६ लाख ७१ हजार ७६८ पुगेको छ भने ३० हजार ६६३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ६ लाख ४० हजार १४७ संक्रमित हुँदा १३ हजार ३८२ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ४ लाख ५८ हजार ६१ संक्रमित हुँदा ३१ हजार ३३८ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ४७ हजार ४६८ जना संक्रमित हुँदा १२ हजार २९८ को मृत्यु भएको छ । इरानमा ४ लाख २५ हजार ४८१ जना संक्रमित हँदा २४ हजार ४७८ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ४१ हजार ७८८ जनाको मृत्यु भएको छ भने ३ लाख ९६ हजार २२५ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख ५० हजार ६२१ जना संक्रमित हुँदा ४ हजार ९७९ को मृत्यु भएको छ ।

साउदी अरबमा ३ लाख ३० हजार २४६ हजार संक्रमित हुँदा ४ हजार ५१२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ६ हजार ८८६ संक्रमित हुँदा ६ हजार ४२४ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार २९७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

जापानमा ७९ हजार १४० जना संक्रमित हुँदा १ हजार ५०० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६५ हजार २७६ जना संक्रमति फेला पर्दा ४७ हजार २३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४२७ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 

Post Your Comment