Market Closed

थप १३ सय १३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ७० हजार नाघ्यो

25 Sep,2020
  • 1_9_21_2020_4_24_28_9_25_2020_4_26_29.jpeg
नेपाली पैसा

काठमाडौं : नेपालमा शुक्रबार थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ सय १३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ । 


यस्तै, पछिल्लो २४ घण्टामा १४ सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ४५९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Post Your Comment