Market Closed

कोरोना परीक्षण गरेको १५ मिनेटमै संक्रमण पत्ता लगाउने विधिको विकास

29 Sep,2020
  • corona_machme_test_9_29_2020_12_34_00.jpg
 
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षण गरेको केही मिनेटभित्रै (१५ देखि ३० मिनेटभित्र रिपोर्ट आउने) कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि विकासले न्यून र मध्यम आय भएका मुलुकलाई निकै ठूलो राहत दिने बताएको छ । विशेषगरी स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा यो प्रविधि कोशेढुंगा साबित हुनेछ ।

यसका लागत ५ डलर मात्र पर्नेछ । डब्ल्यूएचओले १३३ भन्दा बढी मुलुकमा यो प्रविधि पुर्याउने बताएको छ । उत्पादकहरूसँगको एउटा सम्झौता अनुसार उनीहरूले ६ महिनाभित्र १२ करोड वटा त्यस्ता परीक्षण उपकरण उपलब्ध गराउनेछन् । डब्ल्यूएचओका प्रमुखले यो कोरोना भाइरस नियन्त्रणका लागि कोसेढुंगा साबित हुने बताए । हाल परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्ने गरेको छ । 
 
बीबीसी
 

Post Your Comment