Market Closed

विश्वभर कोरोना संक्रमणको यस्तो छ अवस्था

30 Sep,2020
  • corona_3s_9_30_2020_11_47_46.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख ४४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९२ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख १२ हजार ६५९ पुगेको छ । हालसम्म २ करोड ५१ लाख ४८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७४ लाख ६ हजार १४६ पुगेको छ । यहाँ हालसम्म २ लाख १० हजार ७८५ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ६२ लाख २५ हजार ७६३ संक्रमित हुँदा ९७ हजार ५२९ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४७ लाख ८० हजार ३१७ जना संक्रमित हुँदा १ लाख ४३ हजार १० जनाको मृत्यु भएको छ । रुसमा ११ लाख ६७ हजार ८०५ संक्रमित हुँदा २० हजार ५४५ जनाको मृत्यु भएको छ । कोलम्बियामा ८ लाख २४ हजार ४२ संक्रमित हुँदा २५ हजार ८२८ जनाको मृत्य भएको छ । पेरुमा ८ लाख ११ हजार ७६८ जना संक्रमित हुँदा ३२ हजार ३९६ जनाको मृत्यु भएको छ । 
 
स्पेनमा संक्रमितको संख्या ७ लाख ५८ हजार १७२ पुगेको छ भने ३१ हजार ६१४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ लाख ३८ हजार १६३ जना संक्रमित हुँदा ७७ हजार १६३ को मृत्यु भएको छ । अर्जेन्टिनामा ७ लाख ३६ हजार ६०९ संक्रमित हुँदा १६ हजार ५१९ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ७२ हजार ५७२ जना संक्रमित हुँदा १६ हजार ६६७ जनाको मृत्यु भएको छ । फ्रान्समा ५ लाख ५० हजार ६९० संक्रमित हुँदा ३१ हजार ८९३ जनाको मृत्यु भएको छ । 
 
चिलीमा ४ लाख ६१ हजार ३०० जना संक्रमित हुँदा १२ हजार ७२५ को मृत्यु भएको छ । इरानमा ४ लाख ५३ हजार ६३७ जना संक्रमित हँदा २५ हजार ९८६ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ४ लाख ४६ हजार १५६ जना संक्रमित रहेका छन् ४२ हजार ३६२ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ६२ हजार ४३ जना संक्रमित हुँदा ५ हजार २१९ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ३४ हजार १८७ हजार संक्रमित हुँदा ४ हजार ७३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ३ लाख १२ हजार २६३ संक्रमित हुँदा ६ हजार ४७९ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ४०३ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ८२ हजार ४९४ जना संक्रमित हुँदा १ हजार ५५७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ७६ हजार २५८ जना संक्रमति फेला पर्दा ५५ हजार ३७१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४९१ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 
 

Post Your Comment