Market Closed

थप ५ हजार ८ जनालाई कोरोना संक्रमण पुष्टि, १४ को ज्यान गयो

10 Oct,2020
  • corona_s_10_10_2020_4_30_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा कोरोना भाइरसका थप ५ हजार ८ जना संक्रमित थपिएका छन् । शनिबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । २४ घन्टा अवधिमा थपिएको यो अहिलेसम्मकै ठूलो तथ्यांक हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख ५ हजार ६८४ जना पुगेको छ ।



उपचारपछि निको हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ६१४ जना पुगेको छ । 

Post Your Comment