Market Closed

थप ३७ सय ९० जनामा कोरोना संक्रमण, निको हुने कति ?

19 Oct,2020
  • 2_10_16_2020_4_42_35.jpg
नेपाली पैसा 
 
काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ सय ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ३६ हजार ३६ जना पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


 
यता, पछिल्लो २४ घण्टामा २३ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ७५७ जना पुगेको छ ।

Post Your Comment