Market Closed

दशैंमा सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

20 Oct,2020
  • home_minisrty_10_20_2020_9_15_28.jpg
नेपाली पैसा
 
काठमाडौं : गृह मन्त्रालयले दशैको समयामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्ने निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेलामा सुरक्षा चुनौतीसँगै कोरोना रोकथाम र नियन्त्रणका कामहरू जटिल हुँदै गएको उल्लेख गरिएको छ ।

चाडपर्वमा मानिसहरूको आवागमन बढ्ने र यसले स्वास्थ्य चुनौती ल्याउन सक्ने भन्दै दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न मन्त्रालयले निर्देशन दिएको हो । 

Post Your Comment